अब सवारी लाइसेन्सको अवधि १० वर्ष

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अवधि १० वर्षको हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गर्दै सवारी लाइसेन्सको बहाल अवधि बढाएर १० वर्ष कायम गरेको हो ।

यसअघि सवारी लाइसेन्सको बहाल अवधि ५ वर्षको हुन्थ्यो । संशोधित व्यवस्थाअनुसार अब सवारी लाइसेन्सको नवीकरणपछि बहाल अवधि १० वर्षको नै हुनेछ । यसअघि ५ वर्षको मान्य अवधि थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार