यती एयरलाइन्सले ९ महिनामा ४ अर्बको व्यापार गर्यो

काडमाडौं । यती एयरलाइन्सले गत आर्थिक वर्षको ९ महिनामा ४ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

यतीले सन् २०२४ मा ४ अर्ब २५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । यसैगरी, २०२३ मा ३ अर्ब ७७ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ९२ करोड रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब ३६ करोड १६ लाख रुपैयाँ र २ करोड ७१ लाख अमेरिकी डलरको रेटिङ गराएको छ । यो कम्पनी नेपालको आन्तरिक हवाई उडान क्षेत्रको दोस्रो ठूलो कम्पनी हो ।

नेपाली हवाई बजारको १७ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले जनाएको छ । यस कम्पनीमा एसियन लाइफ इन्स्योरेन्सको ४६.८२ प्रतिशत, लाक्पा सोनम शेर्पाको २५.०३ प्रतिशत र चन्दा शेर्पाको २०.०६ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले ७ वटा एटीआर ७२ हवाईबाट सेवा दिँदै आएको छ । जसमा ६ वटा कम्पनीले खरिद गरेर सञ्चालन गरिरहेको छ भने एउटा भने भाडामा ल्याई सञ्चालन गरेको छ ।

हाल यस कम्पनीले २० वटा रुटमा हवाई सेवा दिने गरेको छ । कम्पनीको ४ वटा रुटबाट मात्रै ४७ प्रतिशत आम्दानी हुने गरेको जानकारी दिएको छ । कम्पनीअनुसार काठमाडौंदेखि पोखरा, पोखराबाट काठमाडौं र विराटनगरको रुटबाट मात्रै सन् २०२४ मा ४७ प्रतिशत आम्दानी हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार