मल अभावः कृषि र उद्योगमन्त्रीसहितका अधिकारीलाई प्रधानमन्त्रीको तीनवटा निर्देशन, मल कारखाना खोल्ने खाका ल्याउनु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा तीन दिनभित्र सम्पादन गर्ने गरी तीन बुँदे निर्देशन भएका छन् । कृषि मल व्यवस्थापन र उत्पादनवृद्धिबारे कृषि र उद्योगमन्त्रीसहित सम्बद्ध अधिकारीसँग गहन छलफल गर्दै तीन दिनभित्र सम्पादन गर्ने गरी तीन बुँदे निर्देशन भएको बताइएको छ ।

ओलीले रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन निर्देशन दिएका छन् । कम्पोष्ट र आर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सन्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन निर्देशन दिएका छन् । यस्तै माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउन समेत निर्देशन दिएका छन् ।

रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले छलफल गरे । ओलीले किसानलाई आवश्यक पर्ने मलको मौज्दात हुँदा र थप मल आउने क्रम जारी रहँदा पनि किसानले समयमा मल नपाएको गुनासो आएपछि प्रधानमन्त्री ओलीले समस्या समाधानमा उच्च प्राथमिकता दिँदै आएका छन् ।

प्रधानमन्त्री ओलीले खेतीपातीको समय हुनु अगावै कृषिमन्त्रीसहित सम्बन्ध अधिकारीसँगको छलफलमा मलको अभाव नहुने गरी काम गर्न र नेपालमै रासायनिक मलको उत्पादन कारखाना खोल्न तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने योजना ल्याउन निर्देशन दिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार