नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन, अध्यक्षमा धुब्र बहादुर प्रधान

काठमाडौं । नेपाल ओलम्पिक कमिटिको तदर्थ समिति गठन गरिएको छ । धुब्रबहादुर प्रधानको नेतृत्वमा कमिटीको गठन गरिएको हो ।

ओलम्पिक मान्यता प्राप्त २३ वटा खेल संघले ओलम्पिकका पूर्व अध्यक्ष प्रधानको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेका हुन् । नेतृत्व विहिन अवस्थामा रहेको ओलम्पिक कमिटीभित्र उत्पन्न समस्याको दिगो समाधान गरी नेपाल ओलम्पिक गतिविधिलाई संस्थागत रुपमा अघि बढाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रियाकलापलाई निरन्तरता दिन नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी गठन गरिएको प्रवक्ता समिम मियाँ अन्सारीले जारी गरेको प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

कमिटिको भावि कार्य योजना र कार्यक्रम पत्रकार सम्मेलनमार्फत सार्वजनीक गरिने प्रवक्ता मियाले जनाएका छन् । यसअघि ओलम्पिकमा आबद्ध २२ खेल संघ सहितका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ ओलम्पिक कमिटी गठन गरेर अघि बढ्न निर्देशन दिएका थिए । देशको कानुन नमान्ने छुट कुनैपनि ब्यक्ति तथा संस्थालाई नहुने भन्दै नयाँ ओलम्पिक गठनमा आवश्यक सहयोग र सहजीकरण गर्न आफु तयार रहेको बताएका थिए । त्यसअघि जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिकविरुद्ध २२ खेल संघका पदाधिकारीले नयाँ ओलम्पिक कमिटी गठनको माग सहित युवा तथा खेलकुद मन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए ।

विधान अनुसार ओलम्पिकबाट बाहिरिनुपर्ने जीवनराम श्रेष्ठले जबर्जस्ती विधान संशोधनमार्फत ओलम्पिकको निर्वाचनबाट आफुलाई अध्यक्षमा घोषणा गरेका थिए । सर्वोच्च अदालत, उच्च अदालत र सरकारको निर्देशनको विपरित निर्वाचनमार्फत आफुलाई अध्यक्षमा घोषणा गरेका श्रेष्ठले ओलम्पिक कमिटी अफ एसिया (ओसिए)का जनरल डिरेक्टर क्याप्टेन हुसेनको आडमा आफुले अन्तराष्ट्रिय मान्यता पाएको दाबी गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार