
काठमाडौं । नेसनल ओपन स्काउट क्र्यूले आयोजना गरेको ८औँ फ्रेण्डसिप लन्च हाइक सम्पन्न भएको छ । कृष्ण जन्माष्टमीको दिनको अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको दिव्यश्री एकेडेमी, महाकवि देवकोटा मेमोरियल माध्यामिक विद्यालय, कान्ति भैरब मा.बि. र ओरेन्टल एकेडेमीका स्काउट विद्यार्थीहरुको सहभागितामा भक्तपुरको निलबाराहीमा एक दिने फ्रेण्डसिप लन्च हाइक सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रविन दाहालको उपस्थिति रहेको थियो । उनले यस्ता कार्यक्रमहरुले स्काउटमा सहभागि विद्यार्थीहरुको शारीरिक, मानसिक तथा नेतृत्व विकासमा सहयोग पुग्ने बताए । साथै उनले भने, स्काउटको माध्यमबाट विद्यार्थीले केवल शैक्षिक ज्ञान मात्र नभई जीवन उपयोगी सीप, आत्मनिर्भरता र आपसी सहकार्यको महत्व पनि सिक्छन् । यस्तो हाइकले उनीहरूलाई प्रकृतिसँग नजिक बनाउने र कठिन परिस्थितिमा पनि आत्मविश्वासका साथ अघि बढ्न सिकाउने अवसर दिन्छ ।
कार्यक्रममा विशेष अतिथि महाकवि देवकोटा मेमोरियल मा.बि. का प्रिन्सिपल शिक्षाविद् रमेश शर्माले विद्यार्थीलाई व्यावहारिक जीवन सीपमा अभ्यस्त बनाउन स्काउट कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताए । उनले भने, ‘आजको पुस्ता केवल पुस्तकमा सीमित नभई व्यवहारिक सीप र सामाजिक मूल्यमा पनि दक्ष हुनुपर्छ । स्काउटका यस्ता कार्यक्रमले विद्यार्थीलाई जिम्मेवार नागरिक बन्ने बाटो खोल्छन् र सहकार्य, अनुशासन र सेवा भावको भावना जागृत गराउँछन् ।’
दिव्यश्री एकेडेमीका प्रिन्सिपल ज्ञानेन्द्र चौलागाईले पनि स्काउट कार्यक्रमप्रति प्रशंसा व्यक्त गर्दै भने, ‘विद्यालयमा पढाइसँगै यस्ता अतिरिक्त गतिविधि अनिवार्य हुनुपर्छ । यसले विद्यार्थीलाई आफ्नो क्षमता चिन्न, सहकार्यमा रमाउन र भविष्यमा जिम्मेवारीपूर्वक समाजलाई योगदान दिन प्रेरणा दिन्छ । विशेष गरी स्काउटले सिकाउने आत्मनिर्भरता र नेतृत्व कौशलताले विद्यार्थीको जीवन उपयोगी हुन्छ ।’
कार्यक्रमका सभापति नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरीले यस्ता कार्यक्रमले बालबालिकालाई रिफ्रेसका साथै आत्मविश्वासको विकास गर्नमा सहयोग पुग्ने बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आफ्नो काम आफैं गर्नु पर्छ भन्ने सिकाउनका लागि पनि स्काउटले निरन्तर रुपमा यस्ता कार्यक्रम गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा स्काउटमा आबद्ध बालबालिकाहरुलाई व्यवहारिक ज्ञान सिकाउनुका साथै विविध साहसिक खेलहरू संचालन गरिएको थियो । साथै, स्काउटहरूले दाउरामा खाना पकाउने अभ्यास समेत गरेका थिए ।
यस अवसरमा नेपाल स्काउटका पूर्व कार्यसमिति सदस्य देवदूत अधिकारी, दिपेश केसी र सहायक राष्ट्रिय प्रशिक्षक श्याम लामाको पनि विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा देवदूत अधिकारीले विभिन्न कला प्रस्तुत गर्दै उपस्थित विद्यार्थी तथा स्काउट मास्टरहरूलाई मनोरञ्जन गराएका थिए । कार्यक्रम नेसनल ओपन स्काउट क्र्यूका सिनियर टिममेट रविन फुयालको संयोजनमा सम्पन्न भएको थियो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व