
काठमाडौं । गत आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । विद्युत प्राधिकरणको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा ३७.३२ प्रतिशतले घटेको हो ।
प्राधिकरणले गत आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको यस्तो नाफा अघिल्लो आर्थिक वर्षमा १० अर्ब ५३ करोड रुपैयाँ रहेको थियो । कुलमान घिसिङले नेतृत्व सम्हालेयता प्राधिकरणले नाफा बढाइरहेको थियो । तर कुलमानलाई सरकारले बर्खास्त गरेसँगै प्राधिकरणको नाफामा गिरावट देखिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गएको वर्षको तुलनामा विदेशी मुद्रा जापानी यानमा भएको अधिमूल्यनदेखि प्रशासनिक खर्च वृद्धि एवम् औसत बिजुली बिक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको बताए । अहिले नाफामा कमी आए पनि आउँदो वर्षमा वृद्धि हुने उनको दाबी छ । कार्यकारी निर्देशक शाक्यका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत् प्रणालीमा जडित कुल विद्युत् क्षमता ३ हजार ५९१ गिगावाट पुगेको छ । प्राधिकरणका अनुसार नेपालको आन्तरिक विद्युत् खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावट घण्टा पुगेको छ । यस्तै राष्ट्रिय ग्रेड पहुँच झन्डै ९८ प्रतिशत पुगेको छ भने विद्युत् चुहावटमा ०.४७ प्रतिशतले कमी आएको छ ।
प्राधिकरणको कुल सम्पत्ति २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्षको २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल ४ सय ३४ मेगावट विद्युत् उत्पादन क्षमता थप भएको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व