काठमाडौ । नेपाल पर्वतारोहण संघ (एनएमए) को आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार कुल बहादुर गुरुङ नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएको छ।
एनएमएको नयाँ कार्यसमिति चयनका लागि आउँदो भदौ ७ गते हुने निर्वाचनका लागि गुरुङ समूहका उम्मेदवारहरूले आज (आइतबार) आधिकारिक रूपमा नाम दर्ता गराएका हुन्।

अध्यक्ष पदका उम्मेदवार गुरुङले आफू नेतृत्व गरेको समूहमा आरोही, समावेशी र व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरूलाई समेटेर उम्मेदवारी दिएको जानकारी गराए।
गुरुङ नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा टिका राम गुरुङ,प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा,
द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ,महासचिवमा विमल कुमार नहर्की,सचिवमा ङिमा दिकी शेर्पा,कोषाध्यक्षमा सुमी लामा
त्यस्तै, सदस्य पदहरुमा पुष्कर शाह, बल बहादुर सुयाल, माधव प्रसाद पाण्डे, हरि गोपाल प्रधान, सुदाश लामा, लाल बहादुर जिरेल, नुर्वु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, अशोक कुमार तामाङ, दिकी शेर्पा र गीता राई रहेका छन्।