काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् । शेर्पा ३४२ मत ल्याउँदा गुरुङ २८८ मत ल्याए । सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेनिकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट पर्यटन व्यवसायीहरूले शेर्पालाई उम्मेदवार बनाएका थिए ।
वरिष्ठ उपाध्यक्षमा शेर्पा समूहमा ईश्वर पौडेलले ३४५ मत ल्याएका छन् भने उनका प्रतिस्पधाईले २५८ मत ल्याएका छन् ।
प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । यसैगरी सचिवमा चन्दन थापा विजयी भए ।
सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाको बराबरी मत आएको छ । उनीहरूबिच कार्यकाल आधाआधा गर्ने सहमति भएको छ ।
कसको कति मत ?
अध्यक्ष
फुर गेल्जे शेर्पाः ३४२ (विजयी)
कुल बहादुर गुरुङः २८८
वरिष्ठ उपाध्यक्ष
ईश्वरी पौडेलः ३४५ (विजयी)
टिका गुरुङः २५८
प्रथम उपाध्यक्ष
काजी शेर्पाः २५६
मिङ्मा ग्याबो शेर्पाः ३५९ (विजयी)
द्वितीय उपाध्यक्ष
बोध राज भण्डारीः ३६८ (विजयी)
धन बहादुर गुरुङः२३८
महासचिव
राजेन्द्र बहादुर लामाः ३१८ (विजयी)
विमल नहर्कीः २०९
शिव सापकोटाः ६८
सचिव
चन्दन थापाः ३५८ (विजयी)
ङिमा दिकी शेर्पाः २४४
कोषाध्यक्ष
ङिमा नुर्बु शेर्पाः ३०४
सुमी लामाः ३०४
(आधा आधा कार्यकालका लागि गोलाप्रथा गर्ने सहमति )
सदस्यहरुः
माधवकुमार धमलाः २७८
केदार न्यौपानेः ३०२
थुप्देन शेर्पाः ३२६
गोकुल थापाः २८८
मुलाल गुरुङः ३५१
देण्डी शेर्पाः ३११
विक्रम कार्कीः ३०६
रिञ्जे शेर्पाः ३०१
देवेन्द्र डंगोलः २९५
दिकी शेर्पाः २८८
निशा भोटेः ३०७