
काठमाडौं । तेस्रो पटक आइसिसी टी–२० विश्वकप जितेर इतिहास रचेको भारतीय पुरुष क्रिकेट टोलीलाई भारतको क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले एक करोड ४० लाख अमेरिकी डलर नगद पुरस्कार दिने घोषणा गरेको छ । बिसिसिआईले मङ्गलबार जारी गरेको वक्तव्यमा खेलाडी, प्रशिक्षक, सहयोगी स्टाफ तथा चयनकर्ताहरूको ‘ऐतिहासिक उपलब्धि’ को सम्मानस्वरूप उक्त पुरस्कार उपलब्ध गराइने जनाएको छ ।
बोर्डका सचिव देवजित साइकियाले यस सफलताले भारतलाई टी–२० ढाँचाको इतिहासमा सबैभन्दा सफल टोलीमध्ये एकका रूपमा स्थापित गरेको बताए । भारतले आइतबार अहमदाबादमा सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै लगातार दोस्रो पटक ट्रफी उचाल्दै प्रतियोगिताको उपाधि कायम राख्ने पहिलो टोली बनेको हो ।
साथै सह–आयोजक रहेको भारत घरेलु मैदानमै टी–२० विश्वकप जित्ने पहिलो देश पनि बनेको छ । घोषित नगद पुरस्कार खेलाडी, प्रशिक्षक र सहयोगी कर्मचारीसहित सम्पूर्ण टोलीमा बाँडिने बताइएको छ । यसबाहेक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट पनि भारतले विजेताका रूपमा २३ लाख ४० हजार डलर प्राप्त गर्नेछ ।
उपविजेता न्युजिल्यान्डले भने ११ लाख ७० हजार डलर पुरस्कार पाउनेछ । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतमा क्रिकेट अत्यन्त लोकप्रिय खेल हो । शीर्ष खेलाडीहरू राष्ट्रिय स्तरमा ठूलो स्टारका रूपमा चिनिन्छन् र क्रिकेटले विविध सांस्कृतिक पृष्ठभूमि भएका मानिसहरूलाई एकै ठाउँमा जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा काम गर्दै आएको छ ।
भारतको उपाधि जितसँगै देशभरि उत्सवको माहोल देखिएको थियो । आइतबार मध्यराततिर नीलो भारतीय जर्सी लगाएका समर्थकहरू सडकमा निस्केर ड्रम बजाउँदै र बलिउड गीतहरूमा नाच्दै विजयोत्सव मनाएका थिए ।












समाचार
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
पिएसजी र म्यानचेस्टर युनाइटेडको बराबरी
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने
चितवन हुलाक कार्यालयबाट एक करोड भन्दा बढी राजस्व संकलन
विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ सम्पन्न
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?