काठमाडौं । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामा लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बुधवार रातिदेखिएको अविरल बर्षाका कारण खसेको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा काठमाडौँबाट मुग्लिन तर्फ जाने सवारी साधनलाई खानीखोलामा रोकिएका छन् । अहिले लेदो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।