
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था उल्लंघन गरेको भन्दै तीन वटा ब्रोकर कम्पनीलाई कारवाही गरी जरिवाना तिराएको छ । बोर्डले काठमाडौंको ज्ञानेश्वरस्थित सिप्ला सेक्यूरिटिज लिमिटेड, काठमाडौंको डिल्लीबजारस्थित श्री कृष्ण सेक्यूरिटिज लिमिटेड र काठमाडौंकै नक्सालस्थित हातेमालो फाइनान्सियल सर्भिसेज् प्राइभेट लिमिटेडलाई कारवाही गरेको हो ।
बोर्डले तीन वटै ब्रोकर कम्पनीलाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७फ को उपदफा (१) को खण्ड (ख) बमोजिम ५० लाख रुपैयाँ जरिवाना तिराएको हो । उक्त खण्डमा ‘यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको निर्देशिका वा दिएको आदेश वा निर्देशनको उल्लंघन गरेमा सोको गाम्भीर्यका आधारमा’ जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।
बोर्डले सिप्ला सेक्यूरिटिजलाई ५० लाख रुपैयाँ जरिवाना गरेको छ भने बाँकी २ वटै कम्पनीलाई ३०–३० लाख रुपैयाँ जरिवाना गरेको छ।














समाचार
टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित
बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको दाबी
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आव्हान
राष्ट्रपति पौडेलद्वारा डा. रामकृष्ण माकाजु र रामेश्वरप्रसाद खनाल सम्मानित
टिभेट ऐन उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा सरोकारवालाको जोड
यसै साता पाचौ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ आयोजना हुँदै
सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्र कुमार पौडेल
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट सेवा, टावर जडान गर्न करिब १ महिनाको प्रयास सफल
भोलि बिहान ९ बजेदेखि १८औँ संस्करणको ‘नाडा अटो शो’ सुरु, उपराष्ट्रपति यादवले उद्घाटन गर्ने
कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत