
काठमाडौं । यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सुधार देखिएको छ । गत साताको अन्तिम कारोबार दिन ४ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज भने ११ दशमलव ५८ अंकले बढेर बन्द भएको हो ।
कारोबार खुलेको ५औँ मिनेटमा नै ६५ अंकभन्दा बढीले बढेको सेयर त्यस पछि बढ्ने घट्ने क्रम जारी रहेर अन्तिममा ११ अंकभन्दा बढीले बढेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक २५८८ दशमल ३५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।आज ‘क’ वर्गका कम्पनीको मापस सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५० अंकले बढेर ४६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ ।
आइतबार परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ६६ करोड बढीको कारोबार भएको बजारमा आज ५ अर्ब ९ करोड बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२५ कम्पनीका १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता सेयर ७२ हजार ९५७ पटक खरिद बिक्री हुँदा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबार बन्द हुँदा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज