सांग्रिला डेभलपमेन्ट बैंकको ८९ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर सर्वसाधारणका लागि खुला गरेको छ। बैंकले दुई जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेका ८९ हजार ७५९ कित्ता सेयर बिक्रीमा ल्याएको हो।

सेयर खरिदमा इच्छुक कम्पनी, व्यक्ति वा संघ–संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ। यसअघि संस्थापक सेयरधनीहरूका लागि ३५ दिने सूचना जारी गरिएको थियो तर कुनै आवेदन नआएपछि बैंकले सर्वसाधारणका लागि बिक्री गर्ने निर्णय गरेको हो।

बैंकका अनुसार लगानीकर्ताले काठमाण्डौको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पुगेर आफूसँग कति कित्ता र कुन दरमा खरिद गर्न चाहन्छ भन्ने विवरणसहित निवेदन पेश गर्नुपर्नेछ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार