नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । नेपाल प्रहरीको ३२ औं महानिरीक्षक (आईजीपी) पदमा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नयाँ आईजीपीका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी प्रहरी संगठनमा पहिलो वरीयताका रहेका एआईजी हुन्।

वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिपछि अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि खापुङको नियुक्ति लागू हुनेछ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार