
काठमाडौं । बिहीबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन बढेको डलरको मूल्य आज भने स्थिर रहेको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी विनियमदर अनुसार आज एक अमेरिकी डलरको खरिदर १३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४२ पैसा कायम भएको छ । अघिल्लो दिन पनि डलरको मूल्य सोही दरमा सहटी भएको थियो । राष्ट्र बैंकका अनुसार आज युरो र पाउण्डको विनिमयदर भने घटेको छ ।
आज एक युरोको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८२ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिदर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०२ पैसा रहेको थियो । बिहीबार बेलायती पाउन्ड स्ट्रलिङको विनिमयदर पनि घटेको छ । आज एक पाउण्डको खरिददर १७७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५६ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७८ रुपैयाँ २३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०३ पैसा रहेको थियो । केन्द्रीय बैंकको अनुसार आज स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
यस्तै आज अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९९ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार आज थाइ भाट एकको खरिददर ४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४ रुपैयाँ १० पैसा, यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा, दक्षिण कोरियन वन १०० खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्विडीस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २४ पैसा र बिक्रीदर १७ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ७६ पैसा, बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ५३ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।












समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज