नेपालको प्रतिष्ठा माथि उठाउने गरी काम गर्छु– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाको प्रतिष्ठा माथि उठाउने गरि काम गर्ने बताएका छन् । चीन भ्रमणबारे शुक्रबार सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

ओलीले चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४–१८ सम्म ५ दिने भ्रमणमा जान लागेको बताए । भ्रमणको मूल उद्देश्य चीनको थियानजिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (शाङ्घाई कोअपरेशन अर्गनाइजेशन) को शिखर सम्मेलनमा भाग लिनु रहेको उनले सुनाए । भ्रमणबारे जानकारी गराएपछि प्रधानमन्त्रीले भने, ‘नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काम गर्नेछ । त्यसमा विश्वस्त रहन आग्रह गर्छु ।’

भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय भेट हुनुका साथै बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि भेट हुने बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार