डिजेल/मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र ग्यासको यथावत

काठमाडौं । नेपाल आयाल निगमले डिजेल/मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज सार्वजनिक गरेको नयाँ मूल्य अनुसार डिजेल/मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले सस्तो भएको हो ।

सोमबारदेखि लागू हुने गरी निगमले डिजेल÷मट्टीतेलमा प्रति लिटर रु. ४, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. १ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ ।

पेट्रोल घटेर आएको भएपनि बिक्री मूल्य यथावत राखिएको छ । त्यस्तै एल. पि. ग्यासको बिक्री मूल्य पनि यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार