शेर्पा समुदायको संस्कारका विषयमा पुस्तकमा समावेश लेखमा ग्लोबल शेर्पा संघ आपत्ति

काठमाडौं ।ग्लोबल शेर्पा संघले नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा समावेश भएको शेर्पा समुदायको सामाजिक संस्कारहरु शीर्षकको लेख प्रति आपति जनाएको छ । संघले विज्ञप्ति जारी गरेर यो पुस्तकमा समावेश गरिएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

शेर्पा समुदायको वास्तविक पुख्र्यौली थाकथलो स्यारखुम्बु अर्थात सोलुखुम्बु जिल्ला लगायत हिमाली क्षेत्र विशेष गरि दुधकोशी र सुनकोशी नदीको माथिल्लो क्षेत्र हो भन्ने ऐतिहासिक प्रमाणिक तथ्यलाई तोडमोड गरिएको भन्दै संघले त्यसमा आपत्ति जनाएको छ । यसले आम शेर्पा समुदायमा अन्यौलता पार्ने प्रयास भएको विज्ञप्तिमा भनिएको छ ।

संघले विवादित लेख तुरन्त हटाउनु पर्ने, पुस्तकका सम्पादक, लेखकले सार्वजनिक रुपमा औपचारिक माफी माग्नु पर्ने र उक्त पुस्तकको बिक्री वितरण तत्काल बन्द गर्न समेत माग गरेको छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार