
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत पुस मसान्तसम्म परेका दाबीहरूको भुक्तानी लिन आउन सम्बन्धित बीमितलाई आग्रह गरेको छ । धेरै बीमितको तर्फबाट दाबी निवेदन परेको तर दाबी मूल्यांकनका लागि थप आवश्यक कागजात सहित बीमित सम्पर्कमा नआएको कारण दाबी भुक्तानी बाँकी रहेको कम्पनीले बताएको हो ।
त्यस्तो बीमितलाई कम्पनीले दाबी फछ्र्यौटका लागि आवश्यक कागजात सहित कम्पनीको नजिकको प्रदेश, शाखा तथा उपशाखा कार्यालय वा केन्द्रीय कार्यालयमा र सम्बन्धित सर्भेयरलाई यथाशीघ्र सम्पर्क गरी आफ्नो दाबी भुक्तानी लिन आह्वान गरेको हो । अबको ३५ दिनभित्र पनि दाबी भुक्तानी सम्बन्धी अपुग कागजात सहित बीमित सम्पर्कमा नआएमा त्यस्तो बीमितसँग सम्बन्धित बीमा दाबीको फाइल नै बन्द गरिने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ सम्पन्न
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?
हरेक वर्ष कोशीको बाढी र कटानको दोहोरो त्रासमा चिलिया टापु
दरमखोला हाइड्रो इनर्जीले बोलायो साधारणसभा
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर
आइएमई लाइफमा रोजगारीको अवसर, माग्यो पाँच शाखाका लागि ब्रान्च म्यानेजर
आजको मौसम : मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना