लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति जनाएको बताएका छन् । यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटमा आफूले असहमति राखेको उनले बताएका हुन् ।

ललितपुरको सनराइज सभा हलमा आजदेखि शुरू भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा उद्घाटन मन्तव्य दिँदै अध्यक्ष ओलीले यसबारे भारतसँग पनि स्पष्ट कुरा राख्दै आएको बताएका हुन् । ओलीले चीनको ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’ (जीएसआई) मा कुनै समर्थन नगरिएको पनि स्पष्ट पारे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार