ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) नेपाल पर्वतारोहण संघले नागरिक सरकार गठन गरेर अहिलेको समस्या समाधान गर्नु पर्ने बताएका छन् । दुई वटा संस्थाले सयुक्त विज्ञप्ति जारी गरेर जेनजी पुस्ताको माग सम्बोधन गर्दै सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन गर्न आग्रह गरेका हुन् ।
नेपालको शाखको रपमा बाँकी रहेको पर्यटन क्षेत्र अहिले अत्यन्त गठिन परिस्थितिमा रहेको महसुर गरेको भन्दै शिक्षा, उत्पादन, स्वास्थ्य रोजगार र सुरक्षामा आफ्ना र अग्रजको पहुँच नभेटेको जेनजी पुस्ताको सामान्य मागहरु सम्बोधन गर्न एक पल पनि ढिला गर्न नहुने उनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
