मध्यरातमा सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति

काठमाडौं । शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ । बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हो ।

यसअघि जेन–जी समूहकोतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो । छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेका थिए ।
वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्नेबारेमा चर्चा भएको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार