
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौँ महानगरपालिका-३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ र खोटाङ केपिलासगढी गाउँपालिका-२ बस्ने ४८ वर्षीय मनिराज राई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
उनले भने, “पक्राउ परेकामध्ये सरस्वती श्रेष्ठले जापान पठाउने भन्दै रु २४ लाख, दीपेश श्रेष्ठले आइसल्याण्ड पठाउने भन्दै रु १७ लाख तथा मनिराज राईले अल्बानिया पठाउने भन्दै रु तीन लाख ७० हजार रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्नै पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले उल्लेख गरे ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट