एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर खरिद गर्ने समय थप

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर खरिद गर्ने समय थप गरिएको छ । कम्पनीले भदौ २२ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयरमा बोलपत्र पेश गर्ने समेत थप गरिएको हो ।

कम्पनीको लिलामी सेयरमा अब असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनगर गरी अवधि थप गरेको कम्पनीले जनाएको छ । कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर बिक्री गरेको हो ।

कम्पनीले संस्थापक समूहतर्फबाट ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४७३.९१ कित्ता लिलाम बिक्रीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार