
। साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली देखिएको छ । अघिल्ला कारोबारहरुमा लगातार रूपमा घटेको बजार आज २६ दशमलव १० अंकले बढेर कारोबार भएको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६४० दशमलव ७८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २१० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ७६ अंकले बढेर ४४४ दशमलव ०९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।
परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ६ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज साढे ४ अर्बभन्दा कमको कारोबार भएको छ । आज सेयर बजारमा ३२६ कम्पनीका ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर ५८ हजार २३५ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार ४ रुपैयाँ बराबरको कारोबार भएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह