
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । कम्पनीले रिक्त सीईओ पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।
यसका लागि चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन/बैंकिङ्ग/ वित्तीय/मौद्रिक अर्थशास्त्र/वाणिज्यशास्त्र/लेखाशास्त्र/तथ्यांकशास्त्र/गणिगशास्त्र/व्यापार प्रशासन/जनप्रशासन/कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्ष काम गरेको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ५ (घ) बमोजिम अयोग्य नभएको हुनु पर्नेछ ।
त्यस्तो योग्यता भएको व्यक्तिले आवश्यक कागजातहरू सहित आउँदो कात्तिक १९ गतेभित्र काठमाडौंको बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।














समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह