
हेटौंडा । हेटौंडामा सम्पन्न विश्व दुध दिवसको मुल समारोहमा नेपाल डेरी एसोसिएसनलाई मन्त्री रामनाथ अधिकारीके सम्मान गरेका छन् । अध्यक्ष प्रल्हाद दाहाल लगायतका पदाधिकारी तथा सदस्यहरुले सम्मान ग्रहण गरेको छन् । एसोसिएसनको पहलमा करिव दुई वर्षयता मोही प्रवर्धनका कार्यक्रम सञ्चालन भइरहेका छन् । एसोसिएसनले हरेक शनिवार काठमाडौँस्थित दरवारमार्गमा रैथाने मेलामा मोही मथेर निशुल्क सेवन गराउँदै आइरहेको छ ।
एसोसिएसनले चलाएको अभियानका कारण ३ दर्जन जति डेरी उद्योगले प्याकेजिङ गरेर मोही ब्राण्डिङ नै शुरु गरिसकेका छन् भने सार्वजनिक सभासभारोहमा पनि मोहीको प्रचलन अत्यधिक बढेको छ । “दुग्ध पदार्थको खपत बढाउन मोही अभियान चलाएका हौँ, यसबाट निकै नै राम्रो प्रभाव त परेको छ नै आज एसोसिएसन विश्व दुध दिवसको अवसरमा यसै कारणले सम्मानित हुँदा निकै खुसी लागेको छ,” एसोसिएसनका अध्यक्ष दाहालले भने, “अभियानमा साथ दिने सबैमा धन्यवाद, हामी अभियान जारी नै राख्नेछौँ ।”
एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले पनि खुशी ब्यक्त गर्दै मेहनतको फल मिलेको बताउँदै राम्रो काम गर्दा शुरु शुरुमा कठिन भए पनि बिस्तार सबैले त्यसमा साथ दिने रहेछन् भन्ने कुरा यो सम्मानले पुष्टि गरेको कुरा बताए ।













समाचार
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’
सिरुबारी पहिरोः बेनी-जोमसोम सडकको मुख्य चुनौती
ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली आवश्यक : सरोकारवालाहरु
नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार व्यवस्थापनमा विशेष तयारी
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
एनसेलसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक नगर्न र क्रियान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट
पाँचतारे होटललाई ग्यास कालोबजारीको आरोप लगाएको भन्दै हानको आपत्ति
‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’