
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा घटेको हो ।
कम्पनीले गत आर्थिक वर्षमा ३१ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४१.९० प्रतिशतले कम हो । कमपनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको नाफामा आएको गिरावटसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यो कम्पनीको इपीसय अघिल्लो वर्षको ५ रुपैयाँ ९८ पैसा रहेको थियो भने गत वर्ष घटेर ३ रुपैयाँ ४८ पैसामा झरेको छ । नाफा घटे पनि कम्पनीको जीवन बीमा कोषमा भने १६.२१ प्रतिशतले बढेको छ । कम्पनीको यस्तो कोषको आकार ८९ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्ष यो कोष ७६ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो । त्यसैगरी कम्पनीको रिटेन्ड अर्निङमा पनि ४८.८७ प्रतिशतको आकर्षक वृद्धि भई १ अर्ब ४ करोड ६४ लाख रुपैयाँ पुगेको छ । महाविपत्ति जगेडा कोषमा पनि सामान्य सुधार भई ४७ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन ६.१८ प्रतिशतले बढेर १८ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कुल आम्दानीमा भने ३.५९ प्रतिशतले घटेर २४ अर्ब ५० करोड ९ लाख रुपैयाँ कायम भएको छ । कुल दाबी भुक्तानी ७.९२ प्रतिशतले बढेर ७ अर्ब ९१ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने अभिकर्ता कमिसनमा ४.२० प्रतिशतको वृद्धि भई १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ । ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजीरहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ३१ पैसा कायम भएको छ ।












समाचार
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो, अन्य सूचक कस्ता ?
एनआईसी एशिया बैंक एक वर्षमै नोक्सानीबाट नाफामा
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ३६.५९% ले घट्यो
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
नेशनल लाइफको जीवन बीमाकोष खर्बमाथि, यस्ता छन् कम्पनीका वित्तीय सूचक ?
दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज
आइएमई लाइफको वित्तीय अवस्था : नाफामा सुधार, इपीएस सहित अन्य सूचकमा चमक
भन्सार कडाइले सार्थकता पाएकामा खुसी
काठमाडौँका यी ७ स्थानबाट हुँदै छ ग्यास वितरण, कुन ब्रान्ड कहाँ पाइन्छ ?
नेपाली सेनामाथि प्रहार सह्य हुँदैन : जेनजी अगुवा हमाल