पियोर इनर्जीको स्थगित साधारणसभा असोज ७ गते हुने

काठमाडौं । पछिल्लो अवस्थाका कारण रोकिएको पियोर इनर्जी लिमिटेडको वार्षिक साधारण सभाको मिति घोषणा भएको छ । अब कम्पनीको साधारणसभा असोज ७ गतेका लागि आह्वान गरिएको हो ।

यस अघि साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २४ गतेका लागि ८ औँ वार्षिक साधारण सभा बोलाएको थियो । देशको विद्यमान अवस्थाका कारण सेयरधनीहरुको सुरक्षालाई मध्यनजर गर्दै भदौ २३ गते सूचना जारी गरी सभा स्थगित गरिएको थियो ।

सभा असोज ७ गते काठमाडौंको आनन्द भूमि इभेन्ट्समा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा पेश गरिने आव २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै उक्त आवका वित्तीय विवरणहरु पारित गरिनेछ । यस्तै सभामा आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ९ गते एक दिनका लागि बुक क्लोज गरिसेको छ । यसर्थ भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै उक्त सभामा सहभागी हुन योग्य हुनेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार