
काठमाडौं । नेसनल ओपन स्काउट क्र्यूले आयोजना गरेको ७ औँ फेण्डसिप लन्च हाइक सम्पन्न भएको छ। विश्व स्काउट स्कार्फ डेको अवसरमा आयोजित उक्त कार्यक्रम काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गीताञ्जली स्कुल बाट सुरु गरी भक्तपुरको निलबाराहीमा बिभिन्न बिद्यालयका स्काउट सदस्यहरुका साथमा सम्पन्न गरिएको हो।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त उपस्थित भएका थिए। उनले स्काउटिङ्ग मार्फत बालबालिकामा अनुशासन र आत्मनिर्भरता विकास गर्न यस्ता कार्यक्रमको ठूलो महत्व रहेको बताए। त्यसैगरी नेपाल स्काउटका पूर्व राष्ट्रिय तदर्थ समिति सदस्य देवदुत अधिकारीको समेत विशेष उपस्थिति रहेको थियो।
भक्तपुरको निलबाराहीमा सम्पन्न कार्यक्रममा स्काउटमा आबद्ध बालबालिकाहरुलाई व्यवहारिक ज्ञान सिकाउन विविध साहसिक खेलहरू संचालन गरिएको थियो। साथै, स्काउटहरुले दाउरामा खाना पकाउने अभ्यास समेत गरेका थिए।
कार्यक्रमका प्रशिक्षक विदुर गिरीका अनुसार बालबालिकालाई माटोसँगको सामिप्यता बढाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो। साथै, उनले विद्यालयका स्काउटहरुलाई अनुशासन र “आफ्नो काम आफैं गर्नु पर्छ” भन्ने भावना विकास गराउन पनि यस्तो कार्यक्रमको महत्व रहेको बताए।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व