काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई महान्यायाधीवक्तामा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् ।
प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । आजै मात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका थिए ।
यो सँगै मुलुकले पहिलोपटक महिला महान्यायाधिवक्तामा पाएको छ । पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचेकी कार्कीले महान्यायाधिवक्तामा पनि महिला नै नियुक्त गरेकी छिन् ।