आइतबार १११ अंकले बढेको नेप्से आज कस्तो रहला ?

काठमाडौं । अब सेयर बजारमा दशैँ अघि कारोबार हुने दिन थोरै मात्रै छन् । जेनजी आन्दोलन पछि असोज २ गतेदेखि खुलेको बजारमा पहिलो दिन उच्च गिरावट आएको थियो भने दोस्रो कारोबार दिन उच्च अंकले बढेको थियो ।

आइतबार सेयर बजार १११.७० अंकले बढेर कारोबार भएको थियो । कारोबार रकममा पनि सुधार भएको दिन अधिकांश कम्पनीको सेयर मूल्य बढेको थियो । आइतबार बढेको बजारले आज निरन्तर्ता पाउँला वा यो फेरि ओरालो लाग्ला भन्नेमा अब बजार बढ्ने लगानीकर्ताहरुको भनाइ छ ।

आइतबार बढेको बजार मंगबार पनि बढेरै कारोबार हुने विश्वासमा लगानीकर्ताहरु छन् । आज सेयर बजार अघिल्लो कारोबार दिनको जस्तै उच्च अंकले नबढे पनि सकारात्मक रुपमा नै अघि बढ्न सक्ने देखिन्छ । जेनजी आन्दोलन पछि अहिले लगानीका क्षेत्रनै पुँजी बजार भएकाले बजार बढ्ने र हालसम्मकै उच्च विन्दुको नयाँ कीर्तिमान बन्ने अवस्था पनि देखिएको केही लगानीकर्ताको भनाइ छ ।

राजनीक परिवर्तन पछि कारोबार खुलेको पहिलो दिन ६ प्रतिशले घटेर बजारमा कारात्मक सर्किट लागेको थियो । त्यसलाई लगानीर्ताले सामान्य रुपमा लिएका छन् भने अब बजार बढ्ने क्रम सुरु भएको बताएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार