
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले दशौं वार्षिक साधारण सभा असोज २९ गते बुधबार गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको भदौ ३० गतेको बैठकले उक्त मिति तय गरेको हो।
सभा बिहान ११ बजे काठमाडौं महानगरपालिका–४, चण्डोलस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा आयोजना गरिनेछ। सभाले सञ्चालक समितिबाट प्रस्तुत दशौं वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्नेछ। साथै, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू पनि प्रस्तुत गरिनेछ।
सभाले लेखापरीक्षण समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्नेछ। साथै, एक जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्तावमाथि पनि निर्णय लिइने कम्पनीले जनाएको छ।












समाचार
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान
विश्वक फुटबल : पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश
देशभर मनसुनी वायुको प्रभाव : कहाँ कहाँ छ वर्षाको सम्भावना ?
डलर र पाउण्डको मूल्य बढ्यो, युरोको घट्दा कुनदेशको विनिमयदर कति ?
अर्थ मन्त्रालयका महत्त्वपूर्ण दुई विभागमा नयाँ नेतृत्व
नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै