तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको छ । तर रातिको समयमा यस ठाउँमा जोखिम भएकाले यात्रा नगर्न प्रहरीले आग्रह गरे ।
वि.सं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मर्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो । सोही ठाउँमा पुनः सडक भासिएको प्रहरीले जनाएको छ ।