नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीको अवितरित हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गरेको हो ।

कम्पनीले जेठ २९ गतेसम्म कायम सेयरधनीहरूका लागि साउन ६ गतेदेखि भदौ २ गतेसम्म हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गरेकोमा संस्थापक समूहतर्फ ४ हजार ४६८.७६ कित्ता र सर्वसाधारण समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता सेयर बाँकी बसेको थियो ।

कम्पनीले यसरी बाँकी रहेको सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् भदौ २७ गतेदेखि असोज ८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको थियो । उक्त अवधिभर परेका बोलपत्रहरू असोज ९ गते खोलेर आवश्यक रुजु गरी असोज २२ गते बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ । बाँडफाँडको अन्तिम मूल्य संस्थापक समूहतर्फको सेयरमा १२६ रुपैयाँ र सर्वसाधारण समूहतर्फको सेयरमा ५०३.४३ रुपैयाँ कायम भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार