काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा शुरू गर्ने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आजदेखि राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिएको छ । सीमित आवेदन स्टेशनबाट शुरू गर्न लागिएको यो सेवाका लागि आवेदन गर्न बेलुका ५ बजे अनलाइन स्लट खुल्नेछ ।
अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । गएको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो ।
