
लिस्बन । पोर्चुगलमा अवस्थित नेपाल कल्चर कमियुनिटि कोइम्ब्रा द्वारा आयोजना गरिएको तिहार विशेष सांस्कृतिक कार्यक्रम आइतबार, (अक्टोबर १९, २०२५) कोइम्ब्रामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता म्याक्स श्रेष्ठले गरेको थिए भने प्रमुख अतिथि पोर्चुगली प्रतिनिधि क्यातरिना पिइरेस रहेका थिए। कार्यक्रममा कोइम्ब्रा र वरपर क्षेत्रका नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सञ्चालक सन्तोष पाण्डेको प्रभावशाली प्रस्तुति र आकर्षक शैलीले कार्यक्रममा थप उत्साह र ऊर्जा भरेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा गीत, नृत्य, कविता, तिहार विशेष भोजन र सम्मान कार्यक्रमजस्ता विविध सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो।
कार्यक्रमले पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूबिच एकता, आपसी सम्बन्ध र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाएको आयोजक समितिले जनाएको छ। सहभागीहरूले पनि यस्ता कार्यक्रमहरूले विदेशमा रहेर आफ्नो संस्कृति, परम्परा र पहिचानलाई जोगाइराख्न महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो