
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । प्रसाईँलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।
मंगलबार जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रसाईंमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरिरहेको छ । उनले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको भन्दै विभिन्न अपुष्ट कागजात सार्वजनिक गरेका थिए ।
त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनलाई भक्तपुरस्थित निवासबाटै मंसिर ४ गते पक्राउ गरेको थियो । सिआइबीमै व्यापारीहरूलाई भारतीय गुण्डाको नाम लिएर धम्की दिएको भन्ने उजुरीहरू परेका थिए। उक्त उजुरीपछि प्रहरीले प्रसाईंकै सहयोगी हरिचन्द्र फुयाललाई पक्राउ गरेको थियो । उनले बयानका क्रममा प्रसाईंकै निर्देशनमा धम्क्याएको बताएका थिए । उनीमाथि आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान भइरहेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि