सर्वदलीय बैठकमा दलहरूको चासो चुनावी सुरक्षा 

काठमाडौं । सर्वदलीय बैठकमा दलहरूले चुनावी सुरक्षाबारे चासो राखेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सर्वदलीय बैठक जारी छ । नेताहरूले पालैपालो बोल्ने क्रम चलिरहेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार पहिलो चरणमा सबैले बोल्ने क्रम करिब अन्त्यतिर पुगेको छ ।

मन्त्री खरेलका अनुसार ‘निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ । तर, सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राखेका छन् ।’ निर्वाचनमा जाने कुरामा भने सबैको सहमति देखिएको छ । नेताहरूका अनुसार एमालेले वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार