बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध महाचैत्य छात्रावलीमा रकेट बम (पटका) प्रहार गरेको सामाजिक सञ्जालमा भाइर भएको भिडियोप्रति ध्यानाकर्षण भएको जनाएको छ । समितिले आज एक विज्ञप्ति जारी गरेर यस्तो दृश्यले धार्मिक तथा अध्यात्मिक धरोहर माथि प्रहार भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
यस्तो कार्यले यस्ता धार्मिक धरोहरलाई माया गर्नेहरुको मनमा ठेस पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।