काठमाडौं । मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो भने चाँदी तोलामा ६० रुपैयाँ सस्तो भएको छ । आज सुन तोलाको २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेर २ हजार ९२० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९८० रुपैयाँ रहेको थियो ।