
काठमाडौं । स्नो रिभर्स लिमिटेडको आईपीओमा आजदेखि आवेदख खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १८ गते अनुमति पाएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको हो ।
आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये पनि आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरिजङ्गाँ गाउँपालिकाको वडा नम्बर ८ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता र सोही गाउँपालिकाको वडा नम्बर १ देखि ७, सिदिङ्वा गाउँपालिकाको वडा नम्बर ५ र ६, पाथीभरा याङवारक गाउँपालिकाको वडा नम्बर ५ र ६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नम्बर १ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितले आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्ताका लागि र अधिकतम १ हजार कित्तासम्म माग गर्न सक्नेछन् ।
आयोजना प्रभाविततर्फको आईपीओ निष्काशन बन्द छिटोमा चैत २३ गते र सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा वैशाख ८ गते निष्काशन बन्द हुनेछ भने वैदेशिक रोजगारतर्फको आईपीओ निष्काशन बन्द छिटोमा चैत १२ गते र सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा चैत २३ गते निष्काशन बन्द हुनेछ । आयोजना प्रभावितले काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल लिमिटेड, ताप्लेजुङको सिरिजङ्गा–८, याम्फुदिनस्थित आयोजनास्थल, नेपाल बैंक लिमिटेडको सिरिजङ्गा शाखा, एनएमबि बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडको फुङलिङ शाखा कार्यालयबाट आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट