काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज भने ५.१७ अंकले घटेर २५६६.१६ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । आज ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले घटेर ४४७.४१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ ।
रिसूचक घटे पनि आज कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो दिन साढे ४ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ५ अर्ब माथिको कारोबार भएको छ । बुधबार नेप्सेमा ३२१ कम्पनीका १ करोड १५ लाख १ हजार २८४ कित्ता सेयर ५० हजार ४८७ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ रुपैयाँको कारोबार भएको छ । बुधबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।