काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन्।
बुधबार सिंहदरबारमा डिजिटल सञ्चार माध्यममा आवद्ध विभिन्न संघ संस्था तथा सरोकारवालासँगको छलफलको क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चार माध्यम भएकाले यसलाई बन्द नगर्ने बताएका हुन्।
उनले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारसँगै सरोकारवाला सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। साथै, नयाँ मूलधारको सञ्चार माध्यमको रूपमा सामाजिक सञ्जाललाई सरकारले पहिचान गरेको र यसलाई सदैव प्राथमिकतामा राख्ने पनि उनले बताए।