
काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) अन्तर्गतको ई–स्पोट्र्स तथा ड्रोन कमिसनले उपत्यकाका विभिन्न कलेजहरूमा ड्रोन रेसिङ्ग ट्रेनिङ्ग सुरु गरेको छ । आज थापाथली क्याम्पसबाट सुरु गरिएको उक्त कार्यक्रमको उद्देश्य युवाहरूलाई प्रविधिसँग जोड्दै सुरक्षित र प्रतिस्पर्धात्मक ड्रोन रेसिङ्गतर्फ प्रोत्साहित गर्नु हो ।
ट्रेनिङ्गमा ड्रोनको परिचय, प्रविधिक पक्ष, सुरक्षा र कानुनी पक्ष, रेसिङ्ग कार्यविधि र आगामी कार्यक्रमहरूको क्यालेण्डरबारे जानकारी नासा नेपाल तथा ड्रोन हब नेपालका प्रतिनिधिहरुले भने । कार्यक्रममा नासा नेपाल ई–स्पोट्र्स तथा ड्रोन कमिसनका सचिव अंकित भण्डारी, ट्रेनिङ्ग तथा मार्शल कमिसनका सचिव आशिष रौनियार, ड्रोन हब नेपालका निर्देशक प्रवीण भट्टराई र शास्वत रिजाल लगायतले विद्यार्थीहरूसामु प्रस्तुति दिएका थिए ।
हालको समय युवावर्ग माझ लोकप्रिय बन्दै गएको ड्रोन प्रविधि हाम्रो समाजको अभिन्न अंग बन्दै गएको छ । नेपालमै पहिलोपटक ड्रोनलाई खेलको रूपमा मान्यता दिइएको छ र नासा नेपालले यसलाई आफ्नो कार्यक्षेत्रमा समेटी विधानमै समावेश गरेको छ । ड्रोनको व्यवसाय र व्यावसायिक हितको लागि विभिन्न संघसंस्था क्रियाशील भइरहेका अवस्थामा ड्रोन हब नेपाल, नासा नेपालकै कर्पोरेट पार्टनरका रूपमा क्रियाशिल पनि छ ।
निकट भविष्यमा हुने नेशनल ड्रोन रेसिङ्ग च्याम्पियनसिपको तयारीमा रहेको नासा नेपालको ई–स्पोट्र्स तथा ड्रोन कमिसनले, देशभरका विभिन्न कलेजहरूमा सिम रेसिङ्ग र ड्रोन प्रतिस्पर्धा प्रारम्भ गर्ने तयारीमा समेत रहेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व