
काठमाडौं । सरकारले डिजिटल सवारीचालक अनुमति पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण गरेको छ । स्मार्ट एपले नागरिक एप तथा राष्ट्रिय परिचय पत्रमा इन्टिग्रेट गरिएको लाइसेन्सको विवरण चेकजाँच गर्नेछ । डिजिटल लाइसेन्स बोक्नेले ट्राफिक नियम उल्लघन गरेमा डिजिटल प्रविधिबाट जरिवाना लगाइने छ ।
शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालले १०४ वटा मोबाइल फोन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सबै प्रदेशहरुले सवारी चालक अनुमति पत्र छापेर दिने काम शुरु भइसकेको बताए । उनले देश संघीयतामा गएको उल्लेख गर्दै डिजिटलाइजेशन गर्ने क्रममा पछि पर्न नहुने बताए । उनले सवारी चालक अनुमति पत्रलाई राष्ट्रिय परिचय र नागरिक एपसँग जोडिएको बताए । उनले लाइसेन्स लिन लामवद्ध हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।
‘देश संघीयतामा गइसकेको छ, डिजिटलाइजेशन गर्ने क्रममा हामी पनि प्रयासरत छौँ । कतिपय कुराहरु आउने क्रममा छ, कतिपय कुराहरु एक्सरसाइजकै क्रममा पनि छ । यातायात क्षेत्र प्रदेशको एक्लो अधिकार क्षेत्र रहेकाले सबै प्रदेशहरुले सवारी चालक अनुमति पत्र छापेर दिने काम हामीले शुरु गरिसकेका छौँ । लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रसँग जोडिरहेका छौँ, नागरिक एपसँग जोडेका छाँै । लाइसेन्स लिन लामवद्ध हुनुपर्ने अवस्था जुन छ, त्यसलाई हामीले चिर्नुपर्छ, उनले भने ।
कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरले बढ्दो जनघनत्व र शहरीकरणको अनुपातमा पर्याप्त पूर्वाधार निर्माणका अभाव र यातायातको साधनको तिब्र वृद्धि नै सडक दुर्घटनाको कारक तत्व रहेको बताए । उनले आर्थिक वर्ष २०८०÷०८१ सम्म काठमाडौं उपत्यकामा १८ लाख भन्दा धेरै सवारीसाधन दर्ता भएको बताए । उनले उपत्यकामा हाल १८ सय ३६ जना ट्राफिक प्रहरी परिचालित रहेको जानकारी दिए ।
‘नेपालका परिप्रेक्ष्यमा बढ्दो जनघनत्व र शहरीकरणको अनुपातमा पर्याप्त पूर्वाधार निर्माणका अभाव र यातायातको साधनको तिब्र वृद्धिका साथसाथै मानवीय र वातावरणीय र यान्त्रिकमध्ये कुनै एक वा धेरैको संयोग नै सडक दुर्घटनाको कारक तत्वको रुपमा रहेका देखिन्छ । जसमा उपत्यका अग्रणी स्थानमा रहेको छ । सवारी साधन र जनसंख्याको अनुपात हेर्दा १ ट्राफिक प्रहरी बराबर १ हजार २५ वटा सवारी साधन जिम्मेवारीमा परेको देखिन्छ । हामी मानवीय र यान्त्रिक दुवै श्रोत साधनको उपलब्धताको अभाव, लामो ड्युुटी समय, स्वास्थ्यको जोखिम राखेर सडक व्यवस्थापन र यात्रु सुरक्षातर्फ केन्द्रित रहेका छौँ, उनले भने । मानवीय र यान्त्रिक दुवै श्रोत साधनको उपलब्धताको अभाव, लामो ड्युुटी समय, स्वास्थ्यको जोखिम राखेर सडक व्यवस्थापन र यात्रु सुरक्षातर्फ केन्द्रित रहेको बताए ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम