ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई बैंककोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले कात्तिक १६ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्ने छन् ।

कात्तिक १४ गते शुक्रबार र १५ गते शनिबार पर्ने भएकाले आजसम्म कायम सेयरधनीहरूले मात्रै बैंकले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । ग्लोबल आइएमई बैंकले सेयरधनीहरूलाई चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कात्तिक २६ गते बुधबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि १९औं वार्षिक साधारणसभा बस्दैछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार