
काठमाडौं । नेपाल बैंक लिमिटेडले मनी वीक २०२६ भव्यताका साथ सम्पन्न गरेकाे ५ । बैकले चैत २ गतेदेखि ८ गतेसम्म Smart Money Talks भन्ने मूल नाराका साथ सातै प्रदेशका आफ्ना शाखाहरूमा सफलतापूर्वक सम्पन्न गरेको हाे ।
यो अभियान संसारभरका युवा पुस्तामा वित्तीय साक्षरता र आर्थिक सशक्तीकरणको सन्देश फैलाउने उद्देश्यले हरेक वर्ष आयोजना गरिने एक अन्तर्राष्ट्रिय कार्यक्रम हो । यस वर्षको Global Money Week अन्तर्गत नेपाल बैंक लिमिटेडका सातै प्रदेश स्थित शाखाहरुले उत्साहजनक सहभागिता जनाएका थिए ।
सो सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विद्यार्थी, युवा तथा सर्वसाधारण नागरिकहरूलाई बचत, लगानी, डिजिटल बैंकिङ, ऋण व्यवस्थापन र वित्तीय योजना सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । कार्यक्रमका मुख्य गतिविधिहरूमा स्थानीय विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता अभिमुखीकरण कक्षाहरू तथा बैंकिङ सेवाको बारेमा जनचेतना अभियान, डिजिटल भुक्तानी प्रणालीको प्रयोगात्मक प्रशिक्षण, बचत खाता खोल्ने विशेष अभियान र महिला तथा युवा उद्यमीहरूका लागि उद्यमशीलता सम्बन्धी कार्यक्रम प्रभातफेरी, हाजिरी जवाफ प्रतियोगिता, विशेषज्ञ समूह छलफल ( Panel Discussion) जस्ता कार्यक्रमहरु आयोजना गरिएका थिए ।
नेपाल बैंक लिमिटेड आगामी दिनमा पनि यस्ता वित्तीय साक्षरताका अभियानहरू निरन्तर सञ्चालन गर्दै आम नागरिकहरुमा वित्तीय सचेतनाको क्षेत्रमा योगदान पुयाउँदै जाने प्रतिबद्धता व्यक्त गर्दछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह