
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले स्थानीय तहलाई कम्पनी दर्ता तथा सेयर खरिद गरी कम्पनीको स्वामित्व लिन सक्ने व्यवस्था गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनाअनुसार सौर्य ऊर्जा लगायतका क्षेत्रहरूमा कम्पनी स्थापना तथा लगानीका लागि विभिन्न स्थानीय तहबाट प्राप्त अनुरोधका आधारमा यस्तो निर्णय गरिएको हो ।
सूचनामा स्थानीय तहले कम्पनी दर्ता गर्ने वा सेयर खरिद गर्ने निर्णय गर्नुअघि अनिवार्य रूपमा आफ्नै कानुन निर्माण गर्नुपर्ने प्रावधान राखिएको छ । साथै कम्पनी ऐन २०६३ सहित प्रचलित सबै कानुनी व्यवस्थाहरूको पूर्ण पालना अनिवार्य हुने स्पष्ट गरिएको छ ।

फेसबुक प्रतिक्रिया












समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै