विश्वकप लिग-२ः नेपालको लगातार दोस्रो हार, युएईसँग ५ विकेटले पराजित

काठमाडौं  ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । युएईको आईसीसी एकेडेमीमा भएको आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग ५ विकेटले पराजित भयो ।

नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको युएईले ४३ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । युएईका आर्यशं शर्माले सर्वाधिक ९८ रन बनाए । ९८ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै युएईलाई जितको बाटो देखाए । अलिशान सराफुले ४५ र मोहम्मद वासिनले २६ रनको योगदान दिए ।

बलिङमा नेपालका सन्दीप लामिछानेले दुई, करण केसी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले शतक प्रहार गरे । रोहितले १३० बलमा १०९ रनको योगदान दिए । आसिफ शेख ३५, कुशल भुर्तेल ७, भीम सार्की ३, आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरी २३, गुल्सन झा ०, करन केसी १३, ललित राजवंशी ० र सोमपाल कामी ६ रनमा आउट भए ।

सन्दीप लामिछाने ३ रनमा अविजित रहे । बलिङमा युएईका जाहिद अलीले सर्वाधिक ४ विकेट लिए । जुनैद सिद्दिकीले ३ विकेट लिए । सिरिजअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार